सरकारप्रति एमाले महासचिव पोखरेलको असन्तुष्टि, भने– भो, यस्तो सुशासन चाहिँदैन
प्रकाशित मिति
२०८३ जेष्ठ २६ गते, मंगलवार ११:४१
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले सुशासनको नारा दिएर सत्तामा पुगेकाहरूको व्यवहार र कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।

पोखरेलले लेखेका छन्, “सुशासनको नारा दिएर सत्तामा आएकाहरूको काम र क्रियाकलापलाई नै सुशासनको मानक मान्ने हो भने अब जनताले भन्नुपर्ने अवस्था आयो— ‘भो, यस्तो सुशासन चाहिँदैन।’”

पछिल्लो समय नेकपा एमालेले सरकारका गतिविधि, प्रधानमन्त्रीका अभिव्यक्ति तथा विभिन्न नीतिगत निर्णयप्रति लगातार असन्तुष्टि जनाउँदै आएको छ। यही विषयलाई लिएर एमालेले संघीय संसद्मा समेत विरोध र अवरोध गर्दै आएको छ।

महासचिव पोखरेलको पछिल्लो टिप्पणीलाई सरकारको कार्यशैलीप्रति एमालेको असन्तुष्टि र आलोचनाको निरन्तरताका रूपमा हेरिएको छ।




प्रतिकृया