• २६ जेठ २०८३, मंगलबार
  • १:५३ बेलुका

मेक्सिको जान लागेका एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई विमानस्थलबाटै फर्काइए

प्रकाशित मिति

२०८३ जेष्ठ २६ गते, मंगलवार १०:३९

२६ जेठ २०८३ काठमाडौं – फिफा विश्वकप फुटबल हेर्न मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । मंगलबार बिहान मेक्सिको प्रस्थानका लागि विमानस्थल पुगेका उनीहरूलाई अध्यागमन कार्यालयले यात्रा अनुमति नदिई ‘अफलोड’ गरेको हो।

अध्यागमन विभागका निर्देशक टिकाराम ढकालका अनुसार नेम्वाङ र राईको राहदानी ‘वाच लिस्ट’मा रहेकाले उनीहरूलाई विदेश जान नदिइएको हो। ‘उहाँहरू मेक्सिको जान खोज्नुभएको रहेछ, हामीले अफलोड गरेका छौँ,’ निर्देशक ढकालले बताएका छन्।

Kamana Sewa

जानकारीअनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा अध्यागमन विभागले दुवै जनाको राहदानी ‘वाच लिस्ट’मा राखेको थियो। सोही आधारमा उनीहरूलाई विमानस्थलबाटै फिर्ता गरिएको हो।

Classic Tech Desktop

एन्फा नेतृत्व र राखेपबीच पछिल्लो समय देखिएको विवादका बीच आएको यो घटनालाई खेलकुद क्षेत्रमा चासोका साथ हेरिएको छ। हालसम्म नेम्वाङ र राईलाई वाच लिस्टमा राखिनुको विस्तृत कारण भने सार्वजनिक गरिएको छैन।

प्रतिकृया