• ४ साउन २०८३, सोमबार
  • २:०६ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ जेष्ठ १२ गते, मंगलवार ०९:१२

१२ जेठ २०८३ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ। विभागका अनुसार अहिले गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

गण्डकीका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका केही क्षेत्रमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। केही उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने अनुमान छ।

Kamana Sewa

त्यस्तै मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो दिनको सम्भावना रहेको विभागले जनाएको छ।

Classic Tech Desktop

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

प्रतिकृया