• ४ साउन २०८३, सोमबार
  • २:२२ बिहान

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ४० अर्ब उठाउँदै

प्रकाशित मिति

२०८३ बैशाख १६ गते, बुधबार ११:१०

१६ बैशाख २०८३ काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ४० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरणअन्तर्गत निक्षेप संकलनमार्फत उक्त रकम ४९ दिनका लागि उठाउन लागेको जनाएको छ।

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सक्नेछन्। न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको रकमसम्म ५ करोड रुपैयाँका दरले आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

Kamana Sewa

यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्।

Classic Tech Desktop

संकलित रकमको साँवा तथा ब्याज भुक्तानी आगामी असार ३ गते गरिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिकृया