• ४ साउन २०८३, सोमबार
  • २:२६ बिहान

महोत्तरीमा मोटरसाइकल ठोक्किँदा आगलागी, ३ विद्यार्थीको मृत्यु

प्रकाशित मिति

२०८२ चैत्र २४ गते, मंगलवार ०२:३३

२४ चैत,२०८२ काठमाडौं – महोत्तरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा आगलागी भई तीन जना विद्यार्थीको जलेर मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत एकडारा गाउँपालिका–५ बथनाहा गाउँमा विपरीत दिशाबाट आइरहेका मोटरसाइकल ठोक्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको छ। उनीहरूको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

Kamana Sewa

प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू एसईई परीक्षा दिएर फर्किरहेका विद्यार्थी रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया