• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

यस्तो छ आजको मौसम: यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति

२०८२ फाल्गुन ११ गते, सोमबार ०८:०६

११ फाल्गुन, २०८२  काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

विभागका अनुसार अहिले तराई भू–भागका केही स्थानहरूमा तुँवालो लागेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहेको छ भने बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ।

Kamana Sewa

यसैबीच कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

Classic Tech Desktop

विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई मौसमको अवस्था ध्यानमा राख्न आग्रह गरेको छ।

प्रतिकृया