• ४ साउन २०८३, सोमबार
  • २:०६ बिहान

रास्वपाका डा. अरनिको पाँडेललाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

प्रकाशित मिति

२०८२ भाद्र १२ गते, बिहीबार ०३:५०

भदौ १२,२०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडेललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

सामाजिक सञ्जालमार्फत एक महिलालाई गालीगलौज तथा दुव्र्यवहार गरेको आरोपमा पाँडेललाई बुधबार साइबर ब्युरोले पक्राउ गरेको थियो। पीडित महिलाले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। यसैक्रममा प्रहरीले अनुसन्धानका लागि अदालतमा म्याद अनुरोध गरेको थियो, जसअनुसार अदालतले ४ दिनको म्याद थप गरेको हो।

Kamana Sewa

डा. पाँडेल एक चर्चित वातावरणविद् हुन्। उनी २०७९ सालको भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। रास्वपा सरकारमा सहभागी भएको बेला उनले २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी समेत सम्हालेका थिए।

Classic Tech Desktop

अहिले उनीमाथि लागेको आरोपको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया