• ४ साउन २०८३, सोमबार
  • २:२७ बिहान

अमेरिकाबाट फेरि दुई नेपाली निष्काशित

प्रकाशित मिति

२०८२ असार २५ गते, बुधबार ०५:५७

असार  २५, २०८२ काठमाडौं । अमेरिकाले फेरि दुई नेपाली नागरिकलाई गैरकानुनी रूपमा बसोबास गरेको आरोपमा निष्काशन गरेको छ। निष्काशितमध्ये रेशमबहादुर केसी र गविन्दराज वली रहेका छन्।

अमेरिकी अध्यागमन निकायले उनीहरूलाई समातेर कतार एयरलाइन्समार्फत नेपाल फर्काएको हो। स्रोतका अनुसार वलीलाई बुधबार र केसीलाई गत असार २१ गते काठमाडौं ल्याइएको थियो। यसअघि अघिल्लो साता पनि तीन जना नेपालीलाई अमेरिकाबाट निष्काशन गरिएको थियो। अमेरिकी आप्रवासन नीतिमा कडाइ भएपछि गैरकानुनी रूपमा बस्दै आएका नेपालीहरू क्रमिक रूपमा निष्काशनमा परिरहेका छन्।

Kamana Sewa

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालदेखि कडाइ गरिँदै आएको आप्रवासन नीतिका कारण धेरै नेपालीलाई अमेरिका छोड्न बाध्य बनाइएको हो। केही अवस्थामा अमेरिकी सरकारले चार्टर्ड विमानमार्फत पनि नेपालीहरूलाई फिर्ता पठाएको छ।

Classic Tech Desktop

प्रतिकृया