• १९ असार २०८३, शुक्रबार
  • ४:२३ बेलुका

ढुंगामा च्यापिएर रहेका एक युवाको चार दिनपछि उद्धार

प्रकाशित मिति

२०७६ श्रावण २४ गते, शुक्रबार ०६:००

एजेन्सी, कम्बोडियामा चमेराको विष्टा संकलन गर्न हिँडेका एक युवा ढुंगाबीच च्यापिएका थिए । बिबिसीका अनुसार आइतबारदेखि गुफामा फसेका सुम बोरा घर नफर्केपछि उनका परिवारले खोजी सुरू गरेका थिए।

उनलाई एउटा गुफामा चार दिनसम्म फेसेको अवस्थामा उद्धार गरिएको छ। सुम चिप्लिएर दुई ठूला ढुंगाबीच च्यापिएका थिए। प्रहरीका अनुसार २८ वर्षीय सुम आफ्नो टर्च लाइट टिप्ने क्रममा ढुंगाबीच फसेका थिए। सुम खाना, पानी बिना त्यो गुफामा संघर्ष गरिरहेका थिए।

Kamana Sewa

सुमले भनेका छन्, ‘मैले बाँच्छु भन्ने आशै गुमाइसकेको थिएँ। मसँग चक्कु थियो। मलाई आत्महत्या गरूँ झैं भएको थियो।’ सुमलाई मंगलबार उनकै साथीले फेला पारेका थिए।

Classic Tech Desktop

। उनका साथी पनि कहिलेकाहीँ सुमसँग चमेराको विष्टा लिन जान्थे। कम्बोडियामा चमेराको विष्टालाई ‘गुवानो’ भनिन्छ र यसको प्रयोग मलका रूपमा धेरै हुन्छ। सुमका अनुसार उनका साथीले देखेपछि साँघुरो गुफाबाट घस्रिँदै उनीतिर आएका थिए। दुवै जना सानो ज्यानका भएकाले त्यहाँ छिर्न सके। पछि उद्धारकर्ताहरूले उनीहरूलाई फेला पारे। तर गुफा साँघुरो भएकाले सुमलाई निकाल्न गाह्रो भयो।

पछि गुफाका केही भागहरू भत्काएर उनलाई बाहिर निकालिएको हो। प्रहरीका अनुसार दस घन्टाको प्रयासपछि बुधबार सुमको उद्धार सफल भएको हो। अहिले स्थानीय अस्पतालमा सुमको उपचार भइरहेको छ। उनको टाउको, घुँडा र छातीमा चोट लागेको छ। सुम फसेको ‘चकराइ’ पहाडमा जान प्रहरीले रोक पनि लगाएको छ

प्रतिकृया