• ४ साउन २०८३, सोमबार
  • १:१० बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०७९ माघ १ गते, आईतवार ०८:५०

१ माघ २०७९, काठमाडौँ : आज आइतबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका तराइका भू-भागमा हुस्सु -कुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ। अहिले बिहान पहाडी तथा हिमाली धेरै भू-भागमा बादल लागेको छ भने तराईका केही भू-भागमा बादल तथा हुस्सु/कुहिरो लागेको छ।


आज दिउँसो प्रदेश नं १, मधेस प्रदेशलगायत वाग्मती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आज बिहान ५ः४५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

Kamana Sewa

यस्तै सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यत: सफा रहने महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

Classic Tech Desktop

राति उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। यसैगरी, मंगलबार दिउँसो र राति सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।


देशभर पहाडी तथा हिमाली धेरै भूभागमा र तराईका केही भूभागमा बादल लागेर तथा तराईका थोरै भूभागमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ।

प्रतिकृया