• ३ साउन २०८३, आइतबार
  • ५:३६ बेलुका

दश महिनामा भित्रिए झन्डै पाँच लाख पर्यटक

प्रकाशित मिति

२०७९ कार्तिक १८ गते, शुक्रबार ०७:१०

१८ कात्तिक २०७९, काठमाडौँ : सन् २०२२ को दश महिनामा झन्डै पाँच लाख पर्यटक नेपाल भित्रिएका छन्। पर्यटन बोर्डको तथ्यांकअनुसार जनवरीदेखि अक्टोबर सम्ममा चार लाख ७३ हजार ५६३ जना पर्यटक भित्रिएका हुन्। बोर्डकाअनुसार अक्टोबरमा मात्र ८८ हजार ५८२ जना पर्यटक भित्रिएका हुन्। यो संख्या अघिल्ला महिनाहरूको भन्दा बढी हो। यसअघि सेप्टेम्बरमा ५८ हजार पर्यटक आएका थिए।


कोरोना माहामारीपछि नेपाल घुम्न आउने पर्यटकको संख्या हालसम्मकै धेरै हो। पदयात्रा तथा पर्वतारोहणको सिजन भएकाले पनि पर्यटकको संख्या बढेको हो। अक्टोबरमा घुम्न आउनेमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन्। भारतबाट १६ हजार ९१०, अमेरिकाबाट ११ हजार ८५९, बेलायतबाट ७ हजार ११७, जर्मनीबाट चार हजार ९३५ र फ्रान्सबाट चार हजार ९२९ पर्यटक आएको बोर्डको तथ्यांकले देखाएको छ।

Kamana Sewa

कुन महिनामा कति ?

Classic Tech Desktop

जनावरी : १६,९७५

फेब्रुअरी : १९,७६६

मार्च : ४२,००६

अप्रिल : ६१,५८९

मे : ५३,६०८

जुन : ४६,९५७

जुलाई : ४४,४६२

अगस्ट : ४१,३०४

सेप्टेम्बर : ५८,३१४

अक्टोबर : ८८,५८२

प्रतिकृया