• ३ साउन २०८३, आइतबार
  • ४:४७ बेलुका

महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

प्रकाशित मिति

२०८२ फाल्गुन २८ गते, बिहीबार ०९:४२

महेश बस्नेतविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर गरिएको छ। सर्वोच्च अदालतका न्यायाधीशलाई लक्षित गर्दै अदालतमा विचाराधीन रहेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाबारे अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध मुद्दा दायर गरिएको हो।

अधिवक्ता लबन न्यौपानेले बस्नेतविरूद्ध बुधबार  सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर गरेका हुन् ।

Kamana Sewa

विघटित प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी मुद्दाका विषयमा बस्नेतले सर्वोच्च अदालतका न्यायाधीशलाई लक्षित गरी दिएको अभिव्यक्तिले अदालतको मानहानी भएको दाबी गर्दै मुद्दा दायर गरिएको जनाइएको छ।

Classic Tech Desktop

उक्त मुद्दाको पेसी आगामी चैत १ गतेका लागि तोकिएको छ।

प्रतिकृया