• ४ साउन २०८३, सोमबार
  • ३:०० बिहान

भर्ने हैन त सूर्यकुण्ड हाइड्रोको आईपीओ ?

प्रकाशित मिति

२०८२ माघ १८ गते, आईतवार ०९:३३

१८ माघ,२०८२ काठमाडौं – सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गरेको हो। यो आईपीओ कम्पनीको जारी पुँजीको एक हिस्सा हो।

कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। यसमध्ये सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीका लागि १३ हजार ७९३ कित्ता सेयर छुट्याइएको छ। बाँकी सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो।

Kamana Sewa

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। माघ २१ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा मागअनुसार आवेदन नपरेमा फागुन ३ गतेसम्म म्याद थपिने बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ।

Classic Tech Desktop

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन्।

प्रतिकृया