• ४ साउन २०८३, सोमबार
  • १:५५ बिहान

मनसुनी वायुको प्रभावले देशभर वर्षा, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति

२०८२ श्रावण ७ गते, बुधबार १०:१०

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले मौसममा बदली भई वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमा अवस्थित छ। आज दिनभर देशभरको मौसम आंशिकदेखि सामान्यतया बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसका साथै, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

Kamana Sewa

आज राती पनि देशभर मौसम आंशिकदेखि सामान्यतया बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

Classic Tech Desktop

प्रतिकृया