• ४ साउन २०८३, सोमबार
  • १:४९ बिहान

युद्धविराम घोषणापछि शाहबाज शरीफको सम्बोधन, आफ्नो जित भएको दाबी

प्रकाशित मिति

२०८२ बैशाख २८ गते, आईतवार ०७:३०

वैशाख २८, २०८२ काठमाडौँ: भारत र पाकिस्तानबीच युद्धविराम सम्झौताको घोषणा भएपछि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले शनिबार राति राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

शरीफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूलाई नाम लिएर बधाई दिँदै यो पाकिस्तानको लागि ऐतिहासिक विजय भएको बताएका छन् । शरीफले आफ्नो सम्बोधनको सुरुवात गर्दै भने, ‘यदि कसैले हाम्रो स्वतन्त्रतालाई चुनौती दियो भने, हामी आफ्नो रक्षाको लागि जे पनि गर्नेछौं ।’ उनले सम्बोधनमा आफ्नो देशविरुद्ध लगाइएका आरोपहरू आधारहीन भएको दाबी गरेका थिए ।

Kamana Sewa

भारतले शाहबाज शरीफको सम्बोधनमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यद्यपि, यसको केही समय अगाडि भारतीय विदेश सचिव विक्रम मिश्रीले एक विशेष प्रेस ब्रिफिङमा पाकिस्तानले सम्झौताको घोर उल्लंघन गरिरहेको बताएका थिए ।

Classic Tech Desktop

आफ्नो सम्बोधनमा शरीफले पाकिस्तानमा हालै भएका ड्रोन आक्रमणमा मस्जिदहरू ध्वस्त भएको र निर्दोष मानिसहरू मारिएको दाबी पनि गरे । उनले भने- ‘यस परिस्थितिमा पाकिस्तानका सुरक्षा बलहरूले भारतीय सशस्त्र बललाई उचित जवाफ दिए । हामी हाम्रा सिद्धान्तहरू पालना गर्न सफल भएका छौं ।’

शनिबार राति, शहबाज शरीफले युद्धविराम सम्झौता सबैको हितको लागि भएको बताए । उनले भने, ‘पाकिस्तानमा लाखौं मानिसहरू छन् । हामी सबैको हितका लागि यो युद्धविराम सम्झौतामा पुगेका छौं र हामी यसप्रति सकारात्मक छौं ।’ शरीफले भने, ‘म राष्ट्रपति ट्रम्पप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । युद्धविराममा वासिङ्टनले महत्त्वपूर्ण भूमिका खेलेको छ ।’ उनले बेलायतलाई यसको सल्लाहको लागि धन्यवाद पनि दिए ।

प्रतिकृया