• 7:45 am

सुई लगाउनासाथ ३५ वर्षीय युवकको मृत्यु

प्रकाशित मिति

२०८२ बैशाख १६ गते, मंगलवार ०९:२८

वैशाख १६, २०८२ काठमाडौँ: कैलालीमा उपचारका क्रममा सुई लगाउनासाथ एक युवकको मृत्यु भएको छ। घोडाघोडी नगरपािलका–८ आमफाँटाका ३५ वर्षीय निरज बहादुर शाहीको मृत्यु भएको हो ।

इन्द्र चौधरी दहितले सञ्चालन गरेको स्थानीय दहित मेडिकलमा उपचारको क्रममा शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका डीएसपी रमेश अवस्थीले बताए ।

शाही सोमबार बिहान शरीर र छाती दुखेको भन्दै घरबाट आफैँ मोटरसाइकल चलाएर मेडिकलमा गएका थिए। त्यहाँ जाँच पश्चात् ल्याब असिस्टेन्ट टीकापुर नगरपालिका–५ का महावीर चौधरीले सुई लगाइ दिएका थिए । सुई लगाएको केहीबेरमै शाहीले मेडिकलमै प्राण त्यागेका हुन् ।

यो घटना लगत्तै सुई लगाउने चौधरी फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँमा रहेका मेडिकल सञ्चालक घटनापछि घर फर्किएका छन् ।

मृतक शाहीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिकृया