• 7:57 am

नेपाल ओलम्पिक कमिटीका १६ वटै बैंक खाता रोक्का

प्रकाशित मिति

२०८२ बैशाख १२ गते, शुक्रबार ११:००

वैशाख १२, २०८२ काठमाडौँ: नेपाल ओलम्पिक कमिटी (एनओसी)का विभिन्न ९ वटा बैंकमा रहेका १६ वटा खाता पूर्णरूपमा रोक्का गरिएको छ । ९ वटै बैंकले बिहीबार एनओसीका खाता रोक्का भएको जानकारी खेलकुद मन्त्रालयलाई गराएका हुन् ।

ग्लोबल आईएमई, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल, एनएमबी र नेपाल बैंक लिमिटेडमा रहेका खाता रोक्का गरिएको हो ।

यसअघि नेपाल राष्ट्र बैंकले एनओसीका विभिन्न बैंकमा रहेका १६ वटा खाताको विवरण युवा तथा खेलकुद मन्त्रालयमा उपलब्ध गराएपछि अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई खाता रोक्का गर्न निर्देशन दिइएको थियो ।

परिषद्ले वैशाख ७ गते विभिन्न ९ वटा बैंकमा रहेका एनओसीको खाता रोक्न पत्राचार गरेको थियो ।

युवा तथा खेलकुद मन्त्रालयको अनुरोधमा नेपाल राष्ट्र बैंकले नेपाल ओलम्पिक कमिटीको ९ वटा बैंकमा रहेका १६ वटा खाता र खाता नम्बर वैशाख ३ गते युवा तथा खेलकुद मन्त्रालयमा पठाएको थियो ।

प्रतिकृया