वैशाख २७ गते जनमत र नागरिक उन्मुक्तिबीच एकता
प्रकाशित मिति
२०८२ बैशाख ११ गते, बिहीबार ०१:५३

वैशाख ११, २०८२ काठमाडौँ: डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्तिबीच वैशाख १७ गते पार्टी एकताको घोषणा हुँदैछ ।
अध्यक्ष राउतको सचिवालयले आगामी १७ वैशाखमा एकता घोषणा गर्नेगरी तयारी अघि बढाइएको जानकारी गराएको छ । एकता हुने दाबी गर्दै सचिवालयले भनेको छ, ‘नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ ।’
उनले आफूहरूलाई शक्तिशाली देख्न नचाहने तत्त्वहरूले जनमत/नाउपालाई तहस–नहस गर्नका लागि विगत ७–८ महिनादेखि कुनै कसर नछाडेको उल्लेख छ ।
उनले तोकिएको समयमा एकता हुने दाबी गरेका छन् । उनले भनेका छन्, ‘हामी आत्तिएका छैनौँ । तपाईँहरू पनि नआत्तिनुहोला । जनताको भावना र आकांक्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढ्ने नै छौँ। एकता हुन्छ नै ।’

प्रतिकृया