• 7:48 am

फुटबलर रोबर्टो कार्लोस मंगलबार नेपाल आउँदै

प्रकाशित मिति

२०८२ बैशाख ७ गते, आईतवार ०५:२०

वैशाख ७, २०८२ काठमाडौँ: ब्राजिलियन फुटबलका चर्चित स्टार रोबर्टो कार्लोस नेपाल आउने भएका छन् । शुक्रबार आउने पूर्वनिर्धारित कार्यक्रम उनको स्वास्थ्य अवस्थाका कारण सरेको थियो । स्वास्थ्य सुधार भएकाले मंगलबार उनी काठमाडौं आइपुग्नेछन् ।

दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) मा उनी गेस्टका रूपमा सहभागी हुनेछन् । मंगलबार साँझ एलओडी क्लबमा कार्लोसको विशेष उपस्थिति रहने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए ।

विश्व फुटबलका उत्कृष्ट डिफेन्डरमध्येका एक कार्लोसले सन् १९९२ मा ब्राजिलको सिनियर टिममा डेब्यु गरेका थिए ।

प्रतिकृया