• 9:10 am

बजारमा अधिक तरलता भएसँगै ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

प्रकाशित मिति

२०८२ बैशाख ७ गते, आईतवार ०१:२२

वैशाख ७, २०८२ काठमाडौँ: नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको छ । बजारमा अधिक तरलता भएसँगै व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि राष्ट्र बैंकले ३० अर्ब खिच्न लागेको हो ।

निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकमा पैसा राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजे अनलाइन बोलकबोल गर्नुपर्ने जारी भएको सूचनामा उल्लेख भएको छ ।

राष्ट्र बैंकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने जनाएको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ । यसको साँवा तथा ब्याज भुक्तानी वैशाख २८ गते हुनेछ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

प्रतिकृया