कांग्रेस-एमालेबीच सरकार संचालनमा कुनै समस्या छैन- गृहमन्त्री लेखक
प्रकाशित मिति
२०८२ बैशाख ६ गते, शनिबार ०४:०३

वैशाख ६, २०८२ पोखरा : गृहमन्त्री रमेश लेखकले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले बीच कुनै पनि समस्या समस्या नरहेको बताएका छन् ।
शनिबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सञ्चालनको सवालमा दुई पार्टीबीच कुनै समस्या नरहेको बताएका हुन् । कांग्रेस–एमालेबीच सम्बन्ध चिसियो, यो सरकार आफैं ढल्र्दैछ भन्ने प्रकारका हल्लामा कुनै सत्यता नरहेको उनको दाबी छ ।
उनले बाहिर कांग्रेस–एमालेका बीचमा सम्बन्ध चिसियो, सम्बन्ध बिग्रियो, अब सरकार सञ्चालनको कुरामा कठिनाइ भयो भन्ने कुरा एउटा र यो सरकार आफैं ढल्दैछ भन्ने हल्ला पटक–पटक भइरहेको बताउदै उनले त्यसमा कुनै सत्यता नभएको बताए ।
गृहमन्त्री लेखकले संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई उल्ट्याउने र संविधानलाई नै समाप्त गर्ने खालका गतिविधि भइरहेको बताउदै यसप्रकारका गतिविधिको विरुद्धमा एकजुट भएर लाग्नसमेत आग्रह गरे ।
प्रतिकृया