• 6:53 am

रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा

प्रकाशित मिति

२०८२ बैशाख ४ गते, बिहीबार १०:५६

वैशाख ४, २०८२ काठमाडौँ: सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सह–महामन्त्री पदबाट राजीनामा दिएकी छन्।

श्रेष्ठले पार्टीको ‘एक व्यक्ति, एक पद’ नीतिलाई कार्यान्वयन गर्न दबाब दिदै सह–महामन्त्री पदबाट राजीनामा दिएको बताइएको छ । आफु सांसदको भूमिकामा केन्द्रित हुनुपर्ने भएकाले पार्टीको संगठनात्मक जिम्मेवारी पूरा गर्न नसक्ने भन्दै उनले राजीनामा दिएको दाबि गरिएको छ ।

श्रेष्ठले अध्यक्ष रवि लामिछाने पार्टीमा पुनः फर्किएको दिन राजीनामा बुझाएपनि अहिलेसम्म सार्वजनिक रूपमा यसबारे जानकारी दिएकी छैनन् ।

उनले यस विषयमा आज बस्ने रास्वपाको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने बताइएको छ । रास्वपामा अन्तरिक कलह बढ्दै गएको चर्चा मिडिया र सामाजिक सञ्जालमा चुलिदै गर्दा श्रेष्ठको राजीनामाले आगोमा घ्यू थप्ने काम गरेको विश्लेषण गरिएको छ ।

प्रतिकृया