• 4:33 am

आइपिएलमा दिल्लीको पहिलो हार, मुम्बई १२ रनले विजयी

प्रकाशित मिति

२०८२ बैशाख १ गते, सोमबार ०८:२२

वैशाख १, २०८२ काठमाडौँ: जारी आइपिएल अन्तर्गत दिल्ली क्यापिटल्सले पहिलो हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको हो ।

मुम्बईले दिएको २०६ रनको लक्ष्य पछाएको दिल्लीले १९ ओभरमा १९३ रन बनाउदै अल आउट भएपछि मुम्बई १२ रनले विजयी भएको हो ।

दिल्लीका लागि करुण नायरले सर्बाधिक ८९ रन बनाए भने अभिषेक पोरेलले ३३ रन बनाएका थिए । त्यस्तै मुम्बईका बलर कर्ण शर्माले ३ विकेट लिए भने मिचेल सान्टनरले २ तथा जसप्रित बुमराह र दीपक चहरले एक एक विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै २०५ रन बनाएको थियो । मुम्बईका लागि तिलक बर्माले सर्बाधिक ५९ रन बनाए भने रयान रिकेल्टनले ४१, सूर्यकुमार यादवले ४० र नमन धिरले ३८ रन बनाएका थिए । त्यसैगरी दिल्लीका कुलदीप यादव र विप्राग निगमले २-२ विकेट लिएका थिए ।

यो यस सिजनमा मुम्बई इण्डियन्सको ६ खेलमा दोस्रो जित हो । त्यस्तै दिल्लीले भने आफ्नो पाँचौं खेलमा पहिलो हार बेहोरेको छ र ८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

आइपिएल अन्तर्गत आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुदै छ ।

प्रतिकृया