• 4:31 pm

एसियन कपको छनौट अन्तर्गत नेपालले आज मलेसियाको सामना गर्दै

प्रकाशित मिति

२०८१ चैत्र १२ गते, मंगलवार ०३:०९

चैत्र १२, २०८१ काठमाडौँ: एएफसी एसियन कप २०२७ छनोटको समूह एफमा आज नेपालले मलेसियाविरुद्ध खेल्दै छ । मलेसियाको जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा नेपाली समयअनुसार साँझ ७: ४५ बजे खेल सुरु हुने छ ।

फिफा वरीयताको १७५औं स्थानमा रहेको नेपालले १३२औं स्थानको मलेसियाको सामना गर्न लागेको हो । यसअघि मलेसियासँग भएका सात खेलमा नेपालले कुनै खेलमा जित हासिल गर्न सकेको छैन । अन्तिम पटक सन् २०१९ मा नेपाल २-० ले पराजित भएको थियो ।

सन् १९८३ मा नेपालले मलेसियासँग ७-० गोल अन्तरको फराकिलो हार बेहोरेको थियो ।

प्रतिकृया