• 2:59 pm

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

प्रकाशित मिति

२०८१ चैत्र १२ गते, मंगलवार ०२:१४

चैत्र १२, २०८१ काठमाडौँ: बोआओ फोरमले मंगलबार जारी गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी वृद्धि दर) ४.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । प्रतिवेदनअनुसार सन् २०२४ मा यस क्षेत्रको जिडिपी ४.४ प्रतिशतले वृद्धि भएको थियो ।

बढ्दो विश्वव्यापी आर्थिक अनिश्चितताका बाबजुद, एसिया विश्व अर्थतन्त्रका लागि प्रमुख वृद्धिको इन्जिनका रूपमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ । ‘एसियन इकोनमिक आउटलुक एन्ड इन्टिग्रेसन प्रोग्रेस’ प्रतिवेदनमा सन् २०२४ मा जिडिपीको अनुपात र क्रयशक्ति समानतामा विश्वको कुल जिडिपीमा एसियाको जिडिपी ४८.१ प्रतिशतबाट बढेर सन् २०२५ मा ४८.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

यसैगरी, एसियामा सन् २०२५ मा बेरोजगारी दर ४.३९ प्रतिशत हुने अनुमान गरिएको छ । यो विश्वव्यापी बेरोजगार दर ४.९६ प्रतिशतभन्दा कम हो

प्रतिकृया