• 3:58 pm

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ चैत्र ५ गते, मंगलवार ११:०३

चैत्र ५, २०८१ काठमाडौँ: नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ११ सयले बढेर एक लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ७४ हजार एक सयमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया