• 10:26 am

पाकिस्तानमा ७ जनालाई बसबाट ओरालेर गोली हानियो

प्रकाशित मिति

२०८१ फाल्गुन ७ गते, बुधबार ०१:००

फाल्गुण ७, २०८१ काठमाडौँ: पाकिस्तानको बलुचिस्तानको बरखान जिल्लामा अज्ञात आक्रमणकारीहरूले बसमा सवार ७ जनालाई गोली हानी हत्या गरेका छन् ।

बीबीसीका अनुसार मंगलबार अबेर राति ती आक्रमणकारीले क्वेटाबाट लाहोर जाँदै गरेको बस रोकेर ७ यात्रुलाई ओराली गोली हानेका हुन् ।

बरखानका डेपुटी कमिस्नर वकार खुर्सिदले प्रारम्भिक अनुसन्धानबाट मृतकहरू पाकिस्तानको पञ्जाबका भएको पत्ता लागेको बताएका छन् ।

प्रतिकृया