• 11:11 am

प्रकृति लम्सालको शव आज नेपाल ल्याइने

प्रकाशित मिति

२०८१ फाल्गुन ७ गते, बुधबार १०:०५

फाल्गुण ७, २०८१ काठमाडौँ: भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी भएको छ ।

प्रकृतिकी फुपु सिता ढकालका अनुसार भारतस्थित नेपाली दूतावास, स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा शव आज नेपाल ल्याउन लागिएको छ । शव आज साँझसम्म घर पुर्याइने उनले बताइन् ।

गत आइतबार अपराह्न बुटवलकी प्रकृति कलेजको होस्टलमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रकृतिको शङ्कास्पद मृत्यु भएपछि आइतबार साँझबाटै नेपाली विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै आक्रमण र दुर्व्यवाहार गरेको थियो ।

चर्को आलोचना भएपछि भने विश्वविद्यालय प्रशासनले केही कर्मचारीलाई बर्खास्त गरेको छ भने केहीलाई निलम्बन गरेको छ । नेपाली विद्यार्थीलाई धम्क्याउनले विश्वविद्यालय र प्राध्यापकले पनि माफी मागेका छन् ।

प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोप लागेका कलेजकै अड्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । श्रीवास्तवले पटकपटक यातना दिएको विषय प्रमाणसहित उजुरी दिंदा पनि कलेजले लापरबाही गर्दा प्रकृतिले मृत्युवरण गर्नु परेको भन्दै केआईआईटीको आलोचना भइरहेको छ । कलेजले उल्टो पीडकलाई नै साथ दिएको आरोप लगाउँदै विद्यार्थीहरु आन्दोलित भएका छन् ।

प्रतिकृया