अस्ट्रेलियन ओपनको उपाधि विजेता जानिक सिन्नरलाई ३ महिनाको प्रतिबन्ध
प्रकाशित मिति
२०८१ फाल्गुन ४ गते, आईतवार ०४:५९

फाल्गुण ४, २०८१ काठमाडौँ: लगातार दोस्रो पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका यानिक सिन्नरलाई तीन महिनाको प्रतिबन्ध लगाइएको छ। डोपिङ मुद्दामा सिन्नरविरुद्ध यो कारबाही गरिएको हो।
प्रतिबन्धित औषधिको सकारात्मक परीक्षण पछि प्रतिबन्धबाट बच्न सफल सिन्नर विरुद्ध वाडाले खेलकुद मध्यस्थता अदालतमा अपील गरेको थियो। मुद्दाको सुनुवाइ अप्रिल २०२५ मा हुने तय भएको थियो। यद्यपि, वाडा र सिन्नरले तीन महिनाको प्रतिबन्धको लागि सम्झौता गरेपछि यो मुद्दालाई तीन महिनाको प्रतिबन्धमा सकिएको छ । सिन्नरविरुद्धको प्रतिबन्ध अप्रिलको मध्यसम्म लागू रहनेछ ।
सिन्नरले अप्रिल १३, २०२५ बाट आधिकारिक प्रशिक्षण गतिविधिमा फर्कन सक्छन्। प्रतिबन्धलागेको भएपनि सिन्नर फ्रेन्च ओपनमा भने फर्कनेछन् ।
प्रतिकृया