• 9:37 am

देवघाटमा सञ्चालित महामहोत्सव सम्पन्न, २० करोड भन्दा बढी रकम सङ्कलन

प्रकाशित मिति

२०८१ फाल्गुन १ गते, बिहीबार ०५:२१

फाल्गुण १, २०८१ काठमाडौँ: जिल्लाको प्रसिद्ध देवघाटधाममा एक महिनासम्म सञ्चालित महामहोत्सव बुधबार सम्पन्न भएको छ । माघे सङ्क्रान्तिको अवसर पारेर सञ्चालन भएको महामहोत्सव सकिएको हो ।

उक्त महामहोत्सव २५ लाख बढी भक्तजनले प्रत्यक्ष अवलोकन गरेका विश्व जागरण महाअभियान ट्रष्टले दाबी गरेको छ । महोत्सव अवधिभर रु २० करोड भन्दा बढी रकम सङ्कलन भएको जनाउँदै आम्दानी र खर्च यथाशीघ्र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने इश्वरकृष्ण महाराजले उल्लेख गरे ।

महामहोत्सवबाट सङ्कलित रकम मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माणका लागि खर्च गरिने उनले जानकारी दिए ।

प्रतिकृया