नेप्से परिसूचक ६.५४ अंकले बढ्यो, सात अर्ब २४ करोडको कारोबार
प्रकाशित मिति
२०८१ माघ २९ गते, मंगलवार ०४:२०

माघ २९, २०८१ काठमाडौँ: धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ६.५४ अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.२४ प्रतिशतले बढेर २ हजार ६८३.८६ को विन्दुमा पुगेको छ ।
आज सात अर्ब २४ करोड ६२ लाख रुपैयाँमा एक करोड ३९ लाख ६८ हजार २५८ कित्ता सेयर किनबेच भएको छ ।
मंगलबार १३४ कम्पनीको सेयरमूल्य बढेको नेप्सेले जनाएको छ । यस्तै, ९८ कम्पनीको सेयरमूल्य घट्दा ११ को स्थिर छ । कारोबार भएका १३ मध्ये आठ समूहको समुहगत परिसूचक घटेको छ भने पाँच वटाको बढेको छ ।
यसदिन सिकलेस, भगवती र रसुवागढी हाइड्रोको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भूगोल इनर्जी विकास बैंकको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
Recent News
- नेपाल टेलिकमद्वारा मान्मदेखि गमगढीसम्म अप्टिकल फाइवर विस्तार
- एनएमबि बैंकद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम
- हिमाल आरोहण सुरु
- आठ महिनामा ५६ अर्ब बराबरको खानेतेल निर्यात
- काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात
- संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- आज देशको मौसम कस्तो रहनेछ ?
- बर्खास्तीमै परेको दिन कुलमानले लेखेका थिए बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने पत्र
- नेकपा (बहुमत)ले घोषणा गर्यो सम्पत्ति छानबिनको आन्दोलन
- सेयर बजारमा गिरावट
प्रतिकृया