• ४ साउन २०८३, सोमबार
  • १:५९ बिहान

नेसपा (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषीसहित यी २० जना निर्विरोध

प्रकाशित मिति

२०८१ माघ २९ गते, मंगलवार ०१:१०

माघ २९, २०८१ काठमाडौँ: नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को काठमाडौंमा भएको महाधिवेशनबाट उपाध्यक्षमा मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएकी छन् ।

पार्टीको प्रचार विभाग हेर्दै आएकी मानुषी उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् । महिला उपाध्यक्षमा मानुषीको मात्रै उम्मेदवारी परेको हो ।

Kamana Sewa

काठमाडौंको कमलादीमा नेसपा (नयाँ शक्ति) को महाधिवेशन जारी छ । अहिलेसम्म पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका छन् ।

Classic Tech Desktop

उनीहरूसहित केही सदस्य पदमा पनि निर्विरोध निर्वाचित भएका प्रचारप्रसार विभागले जनाएको छ । अध्यक्षमा भने बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुने छ । तीन बजेबाट हुने मतदानले ९९ जनाको कार्यसमिति चयन गर्नेछ ।

प्रचारप्रसार विभागका अनुसार, निर्विरोध निर्वाचित भएकाहरूको सूची पढ्नोस्–

उपाध्यक्ष (महिला) – मानुषी यमि भट्टराई
उपाध्यक्ष (दलित) – दुर्गा सोब

कोसी प्रदेश केन्द्रीय सदस्य (खुला) – मणि राई
कोसी प्रदेश केन्द्रीय सदस्य (महिला) – तारा बास्तोला दवाडी
मधेस प्रदेश केन्द्रीय सदस्य (महिला) – बिबि समिना खातुन

वाग्मती प्रदेश केन्द्रीय सदस्य (महिला) – वसुन्धरा सापकोटा
गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुला) – चित्र सापकोटा
गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) – नारायणी अधिकारी

लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुला) – कमल खनाल
लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) – सुनीता काफ्ले

कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुला) – लक्ष्मीप्रसाद भट्टराई
कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) – मीराकुमारी मल्ल

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुला) – रतनबहादुर टमटा
सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) – सत्यदेवी चापागाईं

भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुला) – लोकेन्द्रबहादुर सुनार

केन्द्रीय सदस्य –
खुला युवा महिला – निशा श्रेष्ठ
आदिवासी जनजाति युवा महिला – मन्जुमाया तामाङ
मधेसी महिला – अमृताकुमारी देवी
दलित के.स. युवा – हिक्मत वि.क.
थारु महिला – गीता थनेत

प्रतिकृया