• 11:25 am

यू-१९ महिला विश्वकपको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग भिड्दै

प्रकाशित मिति

२०८१ माघ ७ गते, सोमबार ०८:२५

माघ ७, २०८१ काठमाडौँ: आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सोमबार नेपालले दोस्रो खेल स्कटल्याण्डसँग खेल्दै छ । मलेसियामा जारी प्रतियोगिता दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ ।

पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले नेपाल पराजित भएको थियो । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलंका र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इंग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्।

प्रतिकृया