• 10:53 am

कस्तो छ आज सात प्रदेशको मौसम पूर्वानुमान ?

प्रकाशित मिति

२०८१ माघ ५ गते, शनिबार ०८:३३

माघ ५, २०८१ काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज कोशी प्रदेशमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने मधेश प्रदेशमा मुख्यतया मौसम सफा रहने छ । त्यस्तै बागमती प्रदेशमा पनि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने गण्डकी प्रदेशमा पनि मौसम सफा रहने छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा पनि मौसम सफा रहको छ भने कर्णाली प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

आगामी २४ घण्टा बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया