• 2:57 pm

काठमाडौँ अदालतमा रवि लामिछानेका पक्षमा थुनछेक बहस सुरु

प्रकाशित मिति

२०८१ माघ २ गते, बुधबार १२:०१

माघ २, २०८१ काठमाडौँ: स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । पूर्वगृहमन्त्री लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले बहस थालेका हुन् ।

पुस २८ गते गत आइतबार आफैँ अदालतमा उपस्थित भएर बयान दिएका रविबारे न्यायाधीश माधवप्रसाद घिमिरेको इजलसामा पुस २९ गते सोमबारदेखि थुनछेक बहस जारी छ ।

पूर्वगृहमन्त्री लामिछानेलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर लामिछाने २६ पुसमा रिहा भएका थिए ।

प्रतिकृया