• 12:29 pm

रवि लामिछानेविरुद्धको मुद्दामा आज थुनछेक बहस

प्रकाशित मिति

२०८१ पुष २९ गते, सोमबार १०:०२

पुष २९, २०८१ काठमाडौँ: स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त तथा रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस आज हुँदैछ ।

काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा आइतबार सरकारी वकिलहरुले बहस नगरेपछि प्रहरी हिरासतमै बसेका उनको सोमबार थुनछेक बहस हुन लागेको हो । रविको बयान समयमै सकिए पनि सरकारी वकिलले बयान अध्ययनका लागि भन्दै समय मागेपछि आइतबार थुनछेक बहस शुरू हुन सकेको थिएन ।

लामिछाने थुनछेक बहस नसकिँदासम्म हिरासतमै रहनेछन् । आइतबार बिहान उनी आफैँ अदालतमा हाजिर भएका थिए । आज थुनछेक बहस सकिए आजै आदेश आउनेछ ।

रविविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं अदालतमा मुद्दा दर्ता गरिएको छ । स्वर्णलक्ष्मी सरकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रतिकृया