• 11:19 pm

कोन्ज्योसोम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्य उपसचिव पदमा बढुवा

प्रकाशित मिति

२०८१ पुष २८ गते, आईतवार ०९:५१

पुष २८, २०८१ काठमाडौँ: कोन्ज्योसोम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य नेपाल सरकार राजपत्राङ्कीत द्धितिय श्रेणी ( उपसचवि) पदमा बढुवा हुनु भएको छ । लोक सेवा आयोगले शुक्रबार सार्वजनिक गरेको नेपाल प्रशासन सेवाको रिक्त पदमा कार्यक्षमता मूल्याङ्कद्धारा जारी गरेको सूचनामा आचार्य उपसचिव पदमा बुढुवा हुनु भएको हो ।

अब्बल प्रशासकको रुपमा चिनिदै आउनुु भएका आचार्यले कुुशल प्रशासक हुनुुहुन्छ । कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कुशल प्रकाशक आचार्यको बढुवाले गाउँपालिका हर्षित भएको बताउनुुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय आचार्य बढुवा भइ अन्य कार्यालयमा सरुवा हुँदा गाउँपालिकाको प्रतिष्ठा बढ्ने उहाँले बताउनुुभयो । अब गाउँपालिकाले आचार्यको बिदाइ भव्यरुपमा गर्ने समेत स्पष्ट पार्नुभयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आचार्यलाई गत २०८० साल भदौ कोन्ज्योसोम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारी प्रदान गरेको थियो ।

प्रतिकृया