• 10:23 pm

यू–१९ महिला विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ

प्रकाशित मिति

२०८१ पुष २६ गते, शुक्रबार ०२:२७

पुष २६, २०८१ काठमाडौँ: यू–१९ महिला विश्वकप खेल्न जाँदै गरेको नेपाली क्रिकेट टोलीको आज बिदाइ गरिएको छ। काठमाडौंको लाजिम्पाटस्थित एक कार्यक्रममा बिहीबार बिहान खेलाडीहरूको बिदाइ गरिएको हो।

नेपाली महिला टोली भोलि माघ ५ गतेदेखि सुरू हुने विश्वकपमा सहभागिताका लागि मलेसिया प्रस्थान गर्नेछ। टोलीको कप्तानी पूजा महतोले सम्हाल्नेछिन् भने उपकप्तानको भूमिकामा सोनी पाख्रिन छिन्।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। नेपालसँगै उक्त समूहमा अस्ट्रेलिया, बंगलादेश, र स्कटल्यान्ड रहेका छन्। प्रतियोगितामा १६ टोली चार समूहमा विभाजित भई प्रतिस्पर्धा गर्नेछन्। समूह चरणबाट शीर्ष दुई टोलीले अन्तिम आठमा स्थान बनाउनेछन्।

नेपालले आफ्नो पहिलो खेल माघ ५ गते बंगलादेशसँग खेल्नेछ। उक्त खेल मलेसियाको बांगीमा हुनेछ। दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग र तेस्रो खेल माघ ९ गते अस्ट्रेलियाविरुद्ध हुनेछ।

नेपाली टोलीमा सामेल खेलाडीहरू:
पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, र कृश्मा गुरुङ।

प्रतिकृया