• 12:24 pm

धनकुटामा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

प्रकाशित मिति

२०८१ पुष २६ गते, शुक्रबार १२:०४

पुष २६, २०८१ धनकुटा : धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

को१ज २६३९ नम्बरको पिकअप पाख्रीबास नगरपालिकाको जौटारमा बिहीबार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पिकअप चालक पाख्रीबास नगरपालिका-९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सहचालक सिराहाको लहान नगरपालिका-५ का प्रमोद मल्लिक रहेको बताइएको छ ।

सहचालक मल्लिकको घटनास्थलमा र चालक तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया