अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पविरुद्धको सजाय रोक्न अस्वीकार
प्रकाशित मिति
२०८१ पुष २६ गते, शुक्रबार १०:३०

पुष २६, २०८१ काठमाडौँ: अमेरिकी सर्वोच्च अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको सजाय रोक्ने ट्रम्पको निवेदन अस्वीकार गरेको छ।
ट्रम्पले शपथ ग्रहणसम्बन्धी कामकाजलाई प्राथमिकता दिनुपर्ने भन्दै आफ्नो सजाय केही समयका लागि रोक्न निवेदन दिएका थिए। तर, सर्वोच्च अदालतका न्यायाधीशहरूले ५-४ को मतले यो अनुरोध अस्वीकार गरेका हुन्।
सन् २०१६ को राष्ट्रपति निर्वाचनअघि ट्रम्पले पोर्न फिल्म स्टार स्टोर्मी डेनियल्सलाई उनीहरूसँगको सम्बन्धबारे चुप बस्न १ लाख ३० हजार डलर दिएका थिए। यसलाई गोप्य राख्न ट्रम्पले आफ्नो वित्तीय रेकर्डलाई लुकाएको भन्दै उनलाई दोषी ठहर गरिएको थियो।
यस मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीश जुआन मर्चनले ट्रम्पलाई जेल सजाय दिने सम्भावना कम रहेको सङ्केत गरेका छन्। तर, न्यायाधीशले आजको दिनमा ट्रम्पलाई अन्य सजाय सुनाउने अनुमान गरिएको छ।
प्रतिकृया