आगामी वैशाखमा कोशी प्रदेशले लगानी सम्मेलन गर्ने
प्रकाशित मिति
२०८१ पुष २५ गते, बिहीबार ०३:२०

पुष २५, २०८१ मोरङ : कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते प्रदेशस्तरीय लगानी सम्मेलन गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज विराटनगरमा बसेको मन्त्रिपरिषद् बैठकले सम्मेलनको मिति तय गरेको हो।
बैठकपछि सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले अन्य महत्वपूर्ण निर्णयहरूको जानकारी पनि दिएका छन्। उनका अनुसार, प्रदेश आमसञ्चारसम्बन्धी विधेयक कानून, न्याय तथा प्रदेश मामिला समितिमा छलफल गरी पेस गर्ने निर्णय भएको छ।
त्यस्तै, प्रदेश जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी विधेयक, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका शर्तसम्बन्धी संशोधन विधेयक, र बीउबिजनसम्बन्धी व्यवस्थापन विधेयक पनि प्रदेशसभामा पेस गरिनेछ।
बैठकले प्रदेशको कानूनी र विकास निर्माणसम्बन्धी विभिन्न विधेयकहरूलाई अघि बढाउँदै लगानी सम्मेलनलाई सफल बनाउन आवश्यक तयारीहरू अघि बढाउने निर्णय गरेको प्रवक्ता भण्डारीले जानकारी दिए।
प्रतिकृया