• 5:58 pm

दुर्गा प्रसाईंसहित ३ जना विरुद्ध संगठित अपराध र आपराधिक लाभमा मुद्दा दायर

प्रकाशित मिति

२०८१ पुष २५ गते, बिहीबार ०२:१८

पुष २५, २०८१ काठमाडौँ: मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध संगठित अपराध र आपराधिक लाभको कसुरमा मुद्दा दर्ता भएको छ । बुधवार काठमाडौँ जिल्ला अदालतमा उनीहरूविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

संगठित रुपमा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा दुर्गा प्रसाईं, पाँचथरका हरिचन्द्र फुयल ‘नविन’ र तेह्रथुम घर भई बिर्तामोड बस्ने रामचन्द्र मैनालीविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिल कार्यालयले जानकारी दिएको छ ।

सरकारी वकिल कार्यालयले प्रसाईंसहितका आरोपीहरूलाई संगठित अपराध निवारण ऐन र आपराधिक लाभ लिन नहुने कसुरमा कारबाहीको माग दावी गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरू विरुद्ध अभियोगपत्र दर्ता भएको हो ।

प्रतिकृया