• 10:59 am

अमेरिकाको लस एन्जलसमा आपत्‌कालको घोषणा

प्रकाशित मिति

२०८१ पुष २४ गते, बुधबार ०२:४२

पुष २४, २०८१ काठमाडौँ: अमेरिकाको लस एन्जलसमा आपत्‌कालको घोषणा गरिएको छ । सुरुमा १० एकडमा लागेको आगो केही घण्टामै २९ सय एकडमा फैलिएपछि आपत्‌कालको घोषणा गरिएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार, ३० हजार मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । केही भिडियो फुटेजमा प्यासिफिक पालिसेड्स क्षेत्रका घरहरू नजिकका क्षेत्रबाट धुवाँ निस्किरहेको देखिन्छ ।

क्यालिफोर्नियामा लाखौँ मानिसका लागि चेतावनी जारी गरिएको छ ।

प्रतिकृया