शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन दबाब सिर्जना गर्नुपर्यो : प्रचण्ड
प्रकाशित मिति
२०८१ पुष २४ गते, बुधबार ०२:३९

पुष २४, २०८१ काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन दबाब सिर्जना गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल विषयक कार्यक्रममा प्रचण्डले केही राजनीतिक दलहरु शान्ति प्रक्रिया टुङ्ग्याउने पक्षमा नदेखिएको भन्दै दबाब सिर्जना गर्नुपर्ने बताएका हुन् ।
सडकबाट दबाब भएर अब पनि शान्ति प्रक्रिया नटुङ्ग्याए समस्या हुन्छ भन्ने नपारे अबको १८ बर्षसम्मपनि शान्ति प्रक्रिया टुङ्गिन नसक्ने खतरा देखिएको प्रचण्डले बताए । ‘विषय कानूनी भन्दा पनि राजनीतिक नै छ, अहिले टुंग्याउन कठिन भएको राजनीतिक विषय नै हो’ प्रचण्डले भने, ‘तर, एउटा प्रवृत्ति शान्ति प्रक्रियाको यो बिजनेस किन टुंग्याउने भन्नेमा छ । अर्को प्रवृत्ति माओवादीलाई तह लगाउने अब अन्तिम हतियार यही हो भन्ने ठानिरहेको छ ।’
एकताबद्ध भएर शान्तिपूर्ण ढङ्गले राजनीतिक नेतृत्वलाई दबाब बनाइराख्नुपर्ने अवस्था देखिएको उनको भनाइ छ ।
प्रतिकृया