नागरिक कम्युनिटी टिचिंग हस्पिटल लिमिटेड गठाघर भक्तपुरमा भक्तपुरमै पहिलो नौ शैयाको अत्याधुनिक लेभल ३ आइसीयू सञ्चालनमा
प्रकाशित मिति
२०८१ पुष २३ गते, मंगलवार ११:३४

पुष २३, २०८१ काठमाडौँ: ह्याम्स अस्पतालको व्यवस्थापनमा सञ्चालन भइरहेको नागरिक कम्युनिटी टिचिंग हस्पिटल लिमिटेड गठाघर भक्तपुरमा भक्तपुरमै पहिलो नौ शैयाको अत्याधुनिक लेभल ३ आइसीयू सञ्चालनमा आउने भएको छ । आइसियूको सोमबार स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एक समारोहवीच उदघाटन गरे । कार्यक्रममा ह्याम्स नागरिक कम्युनिटी टिचिंग हस्पिटल लिमिटेड गठाघर भक्तपुरका अध्यक्ष रामशरण भण्डारी स्वास्थ्य सेवाको क्षत्रमा जे मा पनि भक्तपुरमै पहिलो गर्ने योजना रहेको सुनाए ।
भक्तपुरमै ठूलो भौतिक संरचना, स्वास्थ्य उपकरण अनि दक्ष स्वास्थ्य जनशक्ति भएको अस्पताल बनाउने योजना रहेको सुनाए । यस क्रममा भक्तपुरमै पहिलो हेलिप्याडसहितको नौ तल्ले भव्य भबन बनाउने योजना रहेको उनले सुनाए । सकेसम्म यही सरकारको पालाभित्र भबन बनाइ सकेर सेवा शुभारम्भ गर्ने योजना रहेको उनले बताए । वर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेलकै कार्यकालमा भबन निर्माण सम्पन्न गर्ने योजना रहेको उनको भनाई हो ।
आइसीयूको उदघाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गरेका थिए । त्यस अवसरमा उनले अति विपन्नको नाममा व्यवस्था रहेको १० प्रतिशत निःशुल्क वेडको व्यवस्थालाई कार्यान्वयन गर्न देशभरका सवै अस्पतालहरुलाई निर्देशन दिए । कुल बेड संख्याको १० प्रतिशत वेड संख्या उपचार गर्न नसक्ने विरामीका लागि व्यवस्था रहेको जानकारी दिंदै उनले त्यसलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन जारी गरेका हुन् ।
मन्त्री पौडेलले सकेसम्म त्यसलाई सार्वजनिक गर्नसमेत आह्वान गरे । सक्नुहुन्छ भने एक दिनमा वा एक हप्तामा वा एक महिनामा ककसले निःशुल्क वेडको सेवा लिए नाम र फोटै अस्पतालमा टास्नुहोला, उनले भने, यसले पैसा भएर पनि निःशुल्क वेड सेवा लिने सोच भएकाहरु ह्तोत्साहित पनि हुनेछन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभर दस हजार वढी अस्पतालहरु सञ्चालनमा छन् । तर तिनीहरुले निःशुल्क वेडको यो व्यवस्थालाई कडाइका साथ पालना गरेका छैनन् ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर नगरपालिका क्षेत्रभित्रै सुविधासम्पन्न अस्पतालहरु रहेको र काठमाडौसम्म जानुपर्ने अवस्था नरहेको जनाए ।
प्रतिकृया