• 4:41 pm

सरकारले भूकम्प र बाढीको क्षतिको विस्तृत मूल्यांकन गर्ने

प्रकाशित मिति

२०८१ पुष २१ गते, आईतवार ०३:३५

पुष २१, २०८१ काठमाडौँ: सरकारले सुदूरपश्चिम र जाजरकोटमा गएको भूकम्प र बाढीबाट भएको क्षतिको विस्तृत मूल्यांकन (डिडिए) गर्ने निर्णय गरेको छ। आइतबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यसमितिको बैठकले यसबारे निर्णय लिएको हो।

गृहमन्त्री रमेश लेखकले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गत असोजमा काठमाडौं लगायतका क्षेत्रमा आएको बाढी र पहिरोको क्षतिको पनि डिडिए गर्ने निर्णय भएको जानकारी दिए। उनले डिडिए सम्पन्न भइसकेका स्थानमा सरकारले तोकेको मापदण्डअनुसार पुनर्निर्माणको काम सुरु गरिने बताए।

गृहमन्त्रीका अनुसार बैठकमा बझाङ, बाजुरा र जाजरकोटमा गएको भूकम्पले पुर्याएको क्षति, पुनर्निर्माणका लागि आवश्यक कानुनी तथा आर्थिक पक्षबारे पनि छलफल भएको छ। उनले यी निर्णयहरु विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा पेस गरिने र परिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा जाने जानकारी दिए।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आइतबार साँझ ७ बजे बालुवाटारमा बस्ने कार्यक्रम छ।

प्रतिकृया