प्रतिक्रियावादी शक्तिहरु एमालेको लोकप्रियताबाट आतङ्कित भएका छन् : प्रधानमन्त्री ओली
प्रकाशित मिति
२०८१ पुष २१ गते, आईतवार ०२:३४

पुष २१, २०८१ काठमाडौँ: प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु बलियो भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताएका छन्। च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा ओलीले एमालेविरुद्ध झूटा प्रचार भइरहेको भन्दै पार्टीका सही नीतिहरुमा एकताबद्ध भई ती प्रचार चिर्नुपर्ने बताए ।
ओलीले पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्दै वैचारिक कामलाई समान महत्व दिनुपर्नेमा जोड दिए। उनले पार्टीलाई विभाजन गरेर खुसी मनाउने केही नेताहरु अहिले पछुताएको टिप्पणी पनि गरे ।
बैठकमा ओलीले ४३ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै गठबन्धनको औचित्य, अस्थिरता र अराजकताविरुद्धका प्रयास, परराष्ट्र नीति, र विकास निर्माणमा भएका सुधारका विषय समेटेका छन् ।
महासचिव शंकर पोखरेलले बैठकका कार्यसूचीहरु प्रस्तुत गर्दै संगठनात्मक गतिविधि, पोलिटब्युरोका निर्णय र समसामयिक प्रस्तावमा छलफल हुने बताए । बैठकमा विभिन्न समितिहरु गठन गरिएको छ, जसले पार्टीको आगामी रणनीतिलाई अगाडि बढाउनेछ ।
प्रतिकृया