• ४ साउन २०८३, सोमबार
  • ४:०० बिहान

सिटी एक्सप्रेसको “१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा” योजनाको मेगा बम्पर उपहार “१८ गुणा बढी पाउने” बिजेताको नाम घोषणा

प्रकाशित मिति

२०८१ पुष १९ गते, शुक्रबार १०:१३

पुष १९, २०८१ काठमाडौँ: सिटी एक्सप्रेस मनि ट्रान्सफरले “१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा” योजना अन्तर्गत मेगा बम्पर उपहार “आफुले पठाएको भन्दा १८ गुणा बढी पाउने” बिजेताको नाम घोषणा गरेको छ । र्चिर्चत हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक/ प्रबन्ध निर्देशक चन्द्र टण्डनको बिशेष उपस्थितीमा विद्दुतिय विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा कोरियाबाट रेमिटान्स पठाउने निराजन ढकालले आफुले पठाएको रकम रू ४१,९०९ (अक्षरूपी एक्चालिस हजार नौ सय नौ )को १८ गुणा गरेर रू ७,५४,३६२ (अक्षरूपी सात लाख चौवन्न हजार तीन सय बैसठ्ठी ) जित्न सफल भएका छन् ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत असोज १ देखी मङ्सिर ३० गते सम्म चल्ने गरी समस्त नेपालीहरुको महान चाड २०८१ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६० दिन सम्म चल्ने “१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा” उपहार योजना घोषणा गरेको थियो ।

Kamana Sewa

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टि भी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही रु ५०० को सिटी पे वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत १६२० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप् अप ), २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टि भी ) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट फोन ) जित्न सफल भईसकेका छन् ।

Classic Tech Desktop

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुतmानी पनि गर्न सकिन्छ ।

प्रतिकृया