• 6:00 pm

एनपीएलको फाइनलका दिन दुर्व्यवहार गर्ने दुई जना पक्राउ

प्रकाशित मिति

२०८१ पुष ८ गते, सोमबार ०३:५४

पुष ८, २०८१ काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलका दिन समर्थकहरूलाई दुर्व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटी घर भई कीर्तिपुर पाँगा बस्ने २१ वर्षीय अशोक साउद र डोटीकै कीर्तिपुर भाजङ्गल बस्ने १९ वर्षीय गणेश साउद रहेका छन् ।

उनीहरूलाई आइतबार कीर्तिपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् । पीडितको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको र पक्राउ परेकाहरूमाथि थप अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया