• 2:49 pm

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ पुष ७ गते, आईतवार ११:२१

पुष ७, २०८१ काठमाडौँ: आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ११ सयले बढेको छ । आज सुन तोलामा एक लाख ४९ हजार ६०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुन तोलामा एक लाख ४८ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँले बढेर १७९० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि शुक्रबार चाँदी तोलाको १७६० मा कारोबार भएको थियो ।

प्रतिकृया